तृणमूल कांग्रेसको जन सम्पर्क यात्रा

सिलगढी : तृणमूल कांग्रेसका कार्यकर्ताहरूले आज सिलगढीमा जन सम्पर्क यात्रा शुरू गरेको छ। उक्त यात्रा अन्तर्गत तृणमूल कार्यकर्ताहरूले साधारण मानिसहरूको घर-घर गएर तृणमूल कांग्रेसद्वारा गरिएको जन कल्याणकारी कार्यहरूबारे तिनीहरूलाई अवगत गराए। यसै क्रममा आज मतिगढा दुई नम्बर ब्लकको पहलमा चम्पासारी ग्राम पञ्चायत अन्तर्गत पर्ने सालबारीको बालु बस्ती इलाकामा तृणमूल कांग्रेस महिला कमिटीका सदस्यहरू साधारण मानिसहरूको घर-घर गएर तृणमूलद्वारा गरिएको जनकल्याण कार्यहरूबारे अवगत गराउनको साथै मानिसहरूलाई एनआरसी र सीएए-को विरोधमा एकजुट भएर तृणमूल कांग्रेसको आन्दोलनलाई समर्थन जनाउने अनुरोध पनि गरे। आजको कार्यक्रममा मतिगढा दुई नम्बर ब्लक सभापति खगेश्वर राय, दार्जिलिङ जिल्ला महिला अध्यक्ष सुष्मिता सेन गुप्तालगायत अन्य महिला कार्यकर्ता तथा समर्थकहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *