छिरिङ शेर्पाले खरसाङको खहरेस्थित वृद्धाश्रममा जन्मदिन मनाउनको साथै गरे आर्थिक सहयोग

खरसाङ (निसं) : मानिसहरूले आफ्नो जन्मदिन थरि-थरि किसिमले मनाउने गर्छन् अनि जन्मदिनलाई यादगार बनाउने गर्छन्। त्यस्तै सोनादाको सौगात क्याटरिङका निर्देशक युवा व्यवसायी छिरिङ शेर्पाले आज आफ्नो जन्मदिन खरसाङको अप्पर खहरेस्थित सहयोगी हात वृद्धाश्रममा गएर वृद्ध-वृद्धा बाजे-बोज्युहरुसित मिलेर मनाए। यस अवसरमा तिनले उक्त वृद्धाश्रममा केक काटेर त्यहाँ भएका वृद्धा बाजे-बोज्युहरुलाई खदा लगाइदिए। आफ्नै हातले केक काटेर सबैलाई खुवाए भने तिनीहरुबाट छिरिङले आशिर्वाद पनि लिए।


त्यसपछि छिरिङ शेर्पाले उक्त वृध्दाश्रममा आर्थिक सहयोग पनि प्रदान गरे। तिनको यस प्रकारको कार्य देखेर उक्त वृद्धाश्राममा रहेकी कमल कुमारी प्रधानले गहभरी आँसु बोकेर छिरिङ शेर्पालाई आशिर्वाद दिँदै भनिन्, यहाँ धेरै दिनदेखि विभिन्न प्रकारको समस्या थियो, जस्तै आर्थिक समस्या, पानी, बिजुली बत्तीको समस्या तर आज सोनादाबाट आएर छिरिङ शेर्पाले आफ्नो जन्म दिनमा हामीलाई सम्झेकोमा हामी उनी लगायत सम्पूर्ण टीमलाई धेरै-धेरै धन्यवाद साथै आशीर्वाद दिदँछौ। अर्कोतिर, उक्त सेल्टर होमकी सञ्चालिका सुमित्रा राईले पनि छिरिङ शेर्पाको सोच अनि बिचारलाई मुग्ध कण्ठले प्रशंसा गर्दै धन्यवाद दिइन्। स्मरण रहोस, सौगात क्याटरिङका डाइरेक्टर छिरिङ शेर्पाले विगत 2012 देखि क्याटरिङ चलाउँदै आइरहेका छन् भने उनले क्याटरिङमा नाफा भएका पैसाले गरीब-दु:खी परिवारहरूको सेवा गर्दै आइरहेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişbaywincasibom girişdeneme bonusugrandpashabet girişbahsegel girişcasibomcasibom