डेंगूबारे मेयरले गलत जानकारी दिइरहेका छन्: अमित जैन

सिलगढी, 23 अक्टोबर (निसं): सिलगढी नगर निगमका मेयर गौतम देवले डेंगू विषयमा जनतालाई गलत जानकारी दिइरहेको नगर निगमका विपक्षी नेता अमित जैनले गम्भीर आरोप लगाएका छन्।
बुधबार पत्रकारहरूसँग कुराकानी गर्दै अमित जैनले भने, अक्टोबर र नोभेम्बर महिना डेंगूको लागि कठिन महिना हो। हरेक वर्ष यस समयमा डेंगूको प्रकोप बढ्ने गर्दछ। यद्यपि, सिलगढीका मेयरले सार्वजनिक गरेको हालको डेंगू रिपोर्ट पूर्ण रूपमा गलत छ। मेयरले वार्ड नम्बर 27 स्थित केन्द्र सरकारको अधिनस्थ एउटा वार हाउसबाट डेंगू फैलिएको बताएका छन्, जबकि त्यो वार हाउस पूर्ण रूपमा राज्य सरकारको अधीनमा रहेको छ।
तिनले अझ भने, मेयरले बिना जानकारी आफ्ना कमजोरीहरूमा पर्दा हाल्नका लागि यस्ता टिप्पणी गरेका हुन्। यसको साथै निगमको तर्फबाट विपक्षीहरूलाई डेंगूको सही रिपोर्ट नदिएको तिनले आरोप लगाएका छन्। तिनले आगामी नगर निगम बोर्डको बैठकमा यी सम्पूर्ण विषयमा कुरा उठाइने तिनले जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

holiganbet girişcasibom 780JOJOBETcasibom giriş güncel adrescasibom 760 girişgüncel girişlerJojobetjojobetCasibom GirişCasibomDeneme Bonusu Veren SitelerCasibom Girişdeneme bonusuJojobet GirişHoliganbet - Giriş - Üyelik - Bonus - Güncel AdresiCasibom ⚡️ Casibom Giriş ⚡️ En iyi Casino SitesiCASİBOM : Güncel Giriş - Bonuslar - Kayıt OlJojobet Yeni Adresi, Jojobet Mobil Giriş, Jojobet Üyelikcasibom giriş