भाजपा नेता तथा वलीवुड अभिनेता परेश रावलको बयान विरूद्ध सिलगढीमा तृणमूलको प्रदर्शन साथै पुतला दहन

सिलगढी (निसं): गुजरात चुनाउ अवधि भाजपाका नेता तथा बालीवुड अभिनेता परेश रावलले बांग्लादेशी रोहिंग्यालाई लिएर टिप्पणी गर्दा तिनले माछा खानेहरूको कुरा गरेका थिए। यसपछि परेश रावलको उक्त बयानलाई लिएर बंगालमा विरोध प्रदर्शन भइरहेको छ। यसैक्रममा सिलगढीमा पनि परेश रावलको उक्त बयानलाई लिएर तृणमूल काङ्ग्रेसले विरोध प्रदर्शन शुरू गरेको छ। आज साँझ 46 नम्बर वार्ड तृणमूल पार्षद दिलीप बर्मनको नेतृत्वमा परेश रावलको पुत्ला लिएर एउटा विरोध रेली निकालिइयो। यसपछि चम्पासारी मोड़ नजिक पुगेर तृणमूल पार्षद दिलीप बर्मनले परेश रावलको पुतला जलाएर तिनको विरोध जनाए। यस अवधि पार्षद दिलीप बर्मनले भने, राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले सबैलाई एक हुने सन्देश दिएकी छन् भने भाजपाका केही नेता तथा मन्त्रीले जाति धर्मलाई लिएर समाजलाई बाँड्ने प्रयास गर्दैछ। हालै भाजपा नेता तथा वलीवुड अभिनेता परेश रावलले बङ्ग्लादेशी रोहिंग्यालाई लिएर बंगाली समुदायमाथि अपमानजनक टिप्पणी गरेकोले तिनको विरोधमा आज तिनको पुतला दहन गरेको हो। यसको साथै एउटा पथसभा पनि गरेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomCASİBOMholiganbet girişcasibomcasibom 780JOJOBETjojobetcasibomcasibom giriş güncel adresjojobet girişcasibom 760 girişcasibom güncelcasibomcasibom girişbahis siteleriCasibom Girişcasibom girisiCasibomgüncel girişlerCasibom GirişJojobethttps://jojobetgirisler.com/https://jojo-bet-giris.com/