सिलगढी, 29 अक्टोबर (निसं): सिलगढीमा काली पूजाको तयारी जोडतोडले चलिरहेको छ। काली पूजा दर्शनको समयमा शहरवासीहरूलाई कुनै प्रकारको कठिनाई नहोस् भन्ने उद्देश्यले सिलगढी पुलिस कमिश्नरेटका विभिन्न अधिकारीहरूले सबै व्यवस्थाहरूको निरीक्षण गरिरहेका छन्।
आज बिहान सिलगढी पुलिस कमिश्नरेटका डीसीपी राकेश सिंहले सिलगढी थानाका आईसी र एसीपीसँग मिलेर शहरका विभिन्न पूजा पण्डालहरूको तयारी र सुरक्षा व्यवस्थाहरूको निरीक्षण गरे। यस क्रममा सिलगढी शहरको पानीट्याङ्की मोडमा रहेको रामकृष्ण व्यायाम शिखा संघ क्लबको पूजा तयारीको पनि निरीक्षण गरियो।
यस विषयमा पुलिस अधिकारीहरूले भने, सिलगढी शहरमा धेरै बजटका पूजा पण्डालहरू छन्। त्यहाँ मानिसहरूको सुरक्षा सुनिश्चित गर्नका लागि यी पूजा पम्डालहरूमा प्रवेश गेट, निकासी गेट, स्वयंसेवकहरूको संख्या, सीसीटीभी क्यामेरा लगायत विभिन्न व्यवस्थाहरूको जानकारी साथै निरीक्षण गरिएको छ।