110 ग्राम ब्राउन सुगरसहित युवक पक्राउ

सिलगढी: मेट्रोपलिटनको प्रधान नगर थाना पुलिसले सादा पोशाकमा एकजना ड्रग्स पेडलरलाई पक्राउ गरेको छ। पक्रा पर्ने युवक 20 वर्षीय शेख मुस्तफा अहमदको रूपमा चिन्हित गरिएको छ भने तिनी बीरभूम निवासी बताइएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार आरोपी युवक शेख मुस्तफाले मुर्शिदाबादको लालगोलाबाट ब्राउन सुगर लिएर बिक्री गर्ने उद्देश्यले सिलगढी आएको सूचना पाएपछि यहाँको जक्शनमा अभियान चलाएर तिनलाई पक्राउ गरिएको हो। पुलिसले तिनीबाट 110 ग्राम ब्राउन सुगर उद्धार गरेको बताइएको छ। पुलिसले पक्रा पर्ने आरोपीमाथि एनडीपीएस एक्ट अन्तर्गत मामिला दर्ता गरेर आज सिलगढी अदालतमा पेश गरेपछि पुलिस हिरासतमा लिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *