जलपाईगढी, 11 नोभेम्बरः जिदको सामु दृष्टिहीनता भएर पनि हार खाएको छैन। 95 प्रतिशत आँखा नदेख्ने भएर पनि सुभिनय दास लामो समयदेखि शिक्षकको रुपमा कार्य गर्दै आएका छन्। उनले ब्ल्याक बोर्डमा सजिलै लेखेर शिक्षण कार्य गर्दै आएका छन्। उनका पठन-पाठनबाट छात्र-छात्रा, अभिभावक र सहकर्मी शिक्षकहरु सन्तुष्ट छन्।
जलपाईगुडी सदर ब्लकको नर्थ सर्कलको बेलाकोबा क्षेत्रको कुमारपाडा प्राथमिक विद्यालयका शिक्षक सुभिनय दास यस सर्कलका एकमात्र आँखाहीन शिक्षक हुन्। प्रत्येक दिन टोटोमा चढेर विद्यालय जान्छन्। विद्यालयमा पुगेपछि, छात्र-छात्राहरु उनलाई हात समातेर कक्षामा लैजान्छन् र कुर्सीमा बस्ने व्यवस्था गर्छन्। विद्यालयका अरु शिक्षकहरूको सहयोगमा लामो समयदेखि शिक्षण कार्य गर्दै आएका छन्। विद्यालय निरीक्षकलाई उनका शिक्षण कार्यमा कुनै गुनासो छैन। छात्र-छात्राहरु भने उनको पढाइमा धेरै सन्तुष्ट छन्। विद्यालयका शिक्षक र अभिभावक पनि खुशी छन्।
शिक्षक सुभिनय दासले भने, “2011 मा मैले यस विद्यालयमा काम गर्न थालें। विद्यालयको वातावरण, छात्र-छात्राको मित्रवत व्यवहार र सहकर्मी शिक्षकहरूको सहयोगले गर्दा मैले 14 वर्षसम्म निरन्तर शिक्षकको काम गर्न सकेको हुँ। पहिलो पल्ट जब म यस विद्यालयमा आए, मेरो आँखाहीनता 75 % थियो, अहिले भने त्यो बढेर 95% भएको छ। म चौथो कक्षासम्मका छात्र-छात्रालाई पढाउने जिम्मेवारी पाउँछु। अहिले म कक्षा 1 का नानीहरूलाई पढाउँछु। ब्रेलको सहायताले पढाइ गर्छु। घरमा मेरी श्रीमती र छोरी पनि मेरो काममा उत्साह दिन्छन्।”
विद्यालयका प्रमुख शिक्षक अजीत पालले भने, “सुभिनय लामो समयदेखि यस विद्यालयमा कार्यरत छन्। आँखा नदेख्ने भएपनि उनी आफ्नो स्वाभाविक तरिकामा बच्चाहरूसँग कक्षा लिन्छन्। हामी पनि सकेसम्म उनको सहयोग गर्ने प्रयास गर्छौं।”
North Bengal, Siliguri, Uncategorized
14 वर्षदेखि नानीहरूलाई शिक्षाको ज्योती दिइरहेका छन् दृष्टिहीन शिक्षक सुभिनय दासले
11
Nov
Nov