12 सुत्रीय मागलाई लिएर आशा कर्मीहरूद्वारा सीएमओएच-लाई ज्ञापन

सिलगढी : 12 सुत्रीय मागलाई लिएर आशा कर्मीहरूले आज एउटा ज्ञापन पत्र चढाए। आशा कर्मीहरूले आज सिलगढीको बाघाजतीन पार्क अघिबाट एउटा विक्षोभ रैली निकालेर अस्पताल मोड हुँदै हासमीचोक पुगेर सडक अवरोध गरेर विक्षोभ प्रदर्शन गर्यो। पछि पुलिसको हस्तक्षेपमा पथ अवरोध हटाइयो। यसपछि आशा कर्मीको 4 जना प्रतिनिधि टोलीले सिलगढी महकुमा परिषद पुगेर सीएमओएचसित भेट गरेर एउटा ज्ञापन पत्र चढायो। प्रदर्शनकारीहरूले बताएअनुसार पानी-झरी, घामको पर्वाह नगरी दिन-रात आफूहरूले लगातार काम गरिरहेका छौँ। हालको समयमा पनि आफूहरूले केवल साढे 4 हजार वेतन पाउँछौँ। यसभन्दा अघि पनि धेरैपल्ट वेतन वृद्धि लगायत विविध मागलाई लिएर आफूहरूले प्रशासनसमक्ष माग गरे तापनि कुनै पहल गरेको छैन। यसैले आज बाध्य भएर आफूहरूले विक्षोभ प्रदर्शन गरेका हौँ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *