12 सूत्रीय मागलाई लिएर नक्सलबारी ब्लक भाजपा-द्वारा बीडीओलाई ज्ञापन

नक्सलबारी :  आवास योजना, पिउने पानीको व्यवस्था लगायत मोठ 12 सूत्रीय मागलाई लिएर नक्सलबारी ब्लक भाजपा-को तर्फबाट आज नक्सलबारी बीडीओलाई एउटा ज्ञापन पत्र चढाइयो। नक्सलबारी ब्लक भाजपा-को तर्फबाट एउटा र्‍यालीको माध्यमद्वारा बीडीओ कार्यालय पुगेर विक्षोभ प्रदर्शन गर्नको साथै बीडीओसित भेट गरेर एउटा ज्ञापन पत्र चढायो। यस विषयमा भाजपाका उपाध्यक्ष मनोरञ्जन मण्डलले भने, आवास योजनामा गरिब असहाय मानिसहरूको नाम सामेल गरिएको छैन। यसको साथै भाजपाका समर्थकहरूको नाम समेत आवास योजनाबाट हटाइएको छ। गरिब असहाय मानिसहरूले आवास योजनामार्फत् घर नपाएको खण्डमा आगामी दिनमा वृहत् आन्दोलन गर्ने भाजपा नेताहरूले चेताउनी दिएका छन्। यसको साथै विभिन्न ठाउँमा पिउने पानीको व्यवस्था, सडकको निर्माण गरिदिनुपर्ने तिनीहरूले माग गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *