13 जना सहिद परिवारका सदस्यलाई जीटीए-मा नोकरीको लागि नियुक्ति पत्र प्रदान

दार्जिलिङ: 2007 देखि यता गोर्खाल्याण्ड आन्दोलनको समय शहीद भएका 13 परिवारका सदस्यहरूलाई आज दार्जिलिङको लालकोठीमा आयोजित एउटा कार्यक्रममा जीटीए-मा नोकरीको लागि नियुक्ति पत्र प्रदान गरियो। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष साथै जीटीए प्रमुख कार्यपाल अनित थापाले गत शहिद दिवस कार्यक्रम अवधि घोषणा गरे अनुसार आज लालकोठीमा ती 13 शहीद परिवारका सदस्यलाई जीटीए-को सी अनि डी ग्रूप-मा नियुक्ति पत्र प्रदान गरिएको छ। आज नियुक्ति पत्र प्राप्त गर्ने शहीद परिवारका सदस्यहरुमा शर्मिला शर्मा (सहिद प्रमिला शर्मा), प्रमोद खवास (सहिद नीता खवास), विमल राई (सहिद बिमला राई), बन्दना लिम्बु (सहिद सुनील राई), शिव गुरुङ (सहिद महेश गुरुङ), अन्जना रसाइली (सहिद विनोद शंकर), अर्पना राई (सहिद श्यमाला राई), दिपेश तामाङ (सहिद आशिष तामाङ), उर्गेन तामाङ (सहिद अशोक तामाङ), सपना रसाइली (सहिद सुरज भुषाल), पंकज तामाङ (सहिद दावा भुटिया), प्रमिला तामाङ (सहिद समीर गुरुङ), दिछेन लामा (सहिद विक्की लामा) सामेल छन्। तिनीहरूलाई जीटीए अधिनस्थ ग्रुप सी र डी-मा आवेदकको शैक्षिक योग्यता अनुसार नोकरी दिएको छ।


नियुक्ति पत्र प्रदान गर्दै अञ्जुल चौहानले भने, यो सानो कार्य हाम्रो तर्फबाट सहिदलाई श्रदाञ्जलि हो। यसैगरी, सभासद् रतन थापाले 2007 देखि 2017 सम्मका सहिदहरुलाई सम्मान दिने अनित थापाको घोषणा अनुरूप आज हामीले उहाँहरुलाई नियुक्ति पत्र प्रदान गर्नु सकेका छौ भनि बताएका छन्। एउटा समितिले अध्ययन गरेर नै नियुक्ति दिएको जानकारी दिँदै एक्जिक्युटिभ डिरेक्टर साम्देन डुकपाले भने, ” हामीले जति सक्दो यो नियुक्ति तपाईहरु कै घर छेउमा दिएका छौ।” यस कार्यक्रममा जीटीए प्रमुख कार्यपालका मुख्य सल्लाहकार अमर लामा, सभासद सतीश पोख्रेल, कमल सुब्बा, डेपुटी सभा अध्यक्ष राजेश चौहानको विशेष उपस्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişbaywincasibom girişcasibom girişdeneme bonusuCASİBOM GÜNCEL