146 जना सांसदहरूलाई निष्कासन गरेको विरोधमा नक्सलबारीमा तृणमूल-को धिक्कार रैली

नक्सलबारी (निसं): संसदमा 146 जना सांसदहरूलाई निष्कासन गरेको विरोधमा आज नक्सलबारी ब्लक 2 तृणमूल कङ्ग्रेसले धिक्कार रैली निकाल्यो। उक्त रैली नक्सलबारी पार्टी कार्यालयबाट शुरू गरेर स्टेशन मोड हुँदै पानीघट्टा मोडमा पुगेर समापन गरियो। उक्त रैलीमा सिलगढी महकुमा परिषदका सभाधिपति अरुण घोष, नक्सलबारी ब्लक 2 का अध्यक्ष पृथ्वीश राय लगायत अन्य उपस्थित थिए। तृणमूल कङ्ग्रेसका कार्यकर्ताहरूले मुखमा कालो पट्टी बाँधेर रैलीमा सामेल भएका थिए। ब्लक अध्यक्ष पृथ्वीश रायले भने, 146 जना सांसदहरूलाई कुनै कारण नबताईकन निष्कासित गरिदिएको छ। विपक्षी शून्य गरेर बिल पास गरिरहेको छ। केन्द्र सरकारको वञ्चना विरुद्ध आज उक्त रैली निकालिइएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomcasibom girişCASİBOMCasibomholiganbet girişcasibom girişCasibomcasibomjojobetcasibomcasibom güncel girişcasibomcasibom girişcasibom girişcasibom girişCasibom Girişcasibomcasibomcasibom 780JOJOBETjojobetgirişi jojobetjojobet giriş