15 परिवारलाई एनएफबीएस अन्तर्गत आर्थिक सहयोगको स्वीकृति पत्र प्रदान

सुकिया: सुकिया पोखरी खण्ड विकास कार्यालय अन्तर्गत विभिन्न ग्राम पञ्चायतका 15 जना लाभार्थीहरूलाई आज एउटा कार्यक्रमबीच स्वीकृति पत्र प्रदान गरियो। खण्ड विकास कार्यालय अन्तर्गत विभिन्न ग्राम पञ्चायत क्षेत्रका 15 परिवारलाई आज एउटा कार्यक्रममा राष्ट्रिय परिवार सहायता योजना (एनएफबीएस) -मार्फत प्राप्त हुने 40 हजार रूपियाँको आर्थिक सहयोगको स्वीकृतिपत्र प्रदान गरियो। तीन महिनाको समयावधिमा परिवारको मुख्य आर्थिक आर्जन गर्ने व्यक्तिको निधनमा उक्त राशी प्रदान गरिने गरिन्छ। राष्ट्रिय परिवार सहायता योजनाको लाभान्वित परिवारका सदस्यहरूलाई खण्ड विकास अधिकारी सामीरुल इस्लाम, खण्ड विकास कार्यालय पञ्चायत अधिकारी नेल्सन लेप्चा, एपीओ टी सिंहले प्रदान गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *