सिलगढी, 15 अप्रेल (निसं)। 200 रुपियाँको लागि एकजना व्यक्तिले आफ्नै साथीको धारिलो हतियारले हत्या गरेको आरोप लागेको छ। यो घटना सोमबार राति सिलगढी नजिक पोराझार क्षेत्रमा भएको हो। मृतकको पहिचान 48 वर्षीय सजल कर्मकारको रूपमा भएको छ। उनी पेशाले श्रमिक थिए। अर्कोतर्फ, आरोपीको नाम मन्टु बर्मन हो।
प्राप्त जानकारी अनुसार, सजल कर्मकारले मन्टु बर्मनबाट केही रुपियाँ ऋण लिएका थिए। अधिकांश रकम फिर्ता गरिसके तापनि अझ 200 रुपियाँ तिर्न बाँकी थियो। सोमबार राति दुवै जनाबीच रक्सीको नशामा सो रकमलाई लिएर झगडा भएको थियो। झगडाको क्रममा मन्टु बर्मनले सजल कर्मकारमाथि चक्कु प्रहार गरे।
घटनापछि सजललाई उद्धार गरी उत्तरबंग मेडिकल कलेज एवं अस्पताल लगिएको थियो, जहाँ चिकित्सकले उनलाई मृत घोषणा गरे।
अर्कोतिर, मृतककी छोरी शुक्ला साहाले एनजेपी थानामा मन्टु बर्मनविरुद्ध लिखित अभियोग दर्ता गरेकी थिइन्। अभियोग प्राप्त भए लगत्तै पुलिसले घटनाको जाँच शुरु गर्योो र आरोपी मन्टु बर्मनलाई पक्राउ गर्योल। आज उनलाई जलपाईगढी अदालतमा पेश गऱ्यो। पुलिसले घटनाको विस्तृत जाँच गरिरहेको छ।