20 वर्षीय छात्र एसटी लेप्चाको अचानक निधन

गान्तोक: सिक्किमको नरबहादुर भण्डारी सरकारी महाविद्यालयका 20 वर्षीय छात्र एसटी लेप्चा आज महाविद्यालय परिसरमा नै अचानक मूर्छित बनेपछि तिनलाई तत्कालै गान्तोकको मणिपाल अस्पताल पुऱ्याइए तापनि त्यहाँ चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदिएको छ। प्राप्त जानकारी अनुसार, सिक्किम सोरेङ जिल्ला अन्तर्ग देन्तामका एसटी लेप्चा नरबहादुर भण्डारी सरकारी महाविद्यालयको कमर्स विभागका दोस्रो सेमिस्टरका विद्यार्थी थिए। आज बिहान कलेज परिसरमा नै अचानक तिनको स्वास्थ्यमा गढबढी भएपछि विद्यार्थी साथै कलेजका शिक्षकहरुको सहयोगमा तिनलाई तत्कालै गान्तोक मणिपाल अस्पतालमा पुऱ्याइए तापनि चिकित्सकहरूले तिनलाई मृत घोषित गरे। तिनको निधनमा महाविद्यालयमा शोकको लहर छाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *