21 जुलाई सहिद दिवसलाई लिएर राजगञ्जको आमबारीमा तृणमूलको बैठक

राजगञ्ज (निसं): आगामी 21 जुलाईको सहिद दिवस कार्यक्रममा अंशग्रहण गर्नका लागि तृणमूल काङ्ग्रेसको तर्फबाट  राजगञ्जको आमबारीमा  बैठक गरियो। मंगलवार राजगञ्ज ब्लक युवा तृणमूल काङ्ग्रेसको पहलमा आमबारीस्थित कल्याणी भवनमा बैठक गऱ्यो। यस, अवसरमा धेरै जना भाजपा कार्यकर्ता तथा समर्थकहरू तृणमूलमा सामेल भए। प्राप्त जानकारी अनुसार आगामी 21 जुलाई कोलकाताको धर्मतलामा हुने सहिद दिवस कार्यक्रममा राजगञ्ज ब्लक अर्थात राजगञ्ज विधानसभा क्षेत्रबाट धेरैजना कार्यकर्ता तथा समर्थकहरूले अंशग्रहण गर्ने भएका छन्। उक्त कार्यक्रममा जानको लागि प्रत्येक ग्राम पञ्चायतबाट बसहरूको व्यवस्था गरिएको छ। उक्त विषयलाई लिएर चर्चा गर्नको लागि आज बैठकको आयोजना गरिएको थियो।  बैठकमा युवा तृणमूल काङ्ग्रेसका ब्लक अध्यक्ष तुषार दत्ता, समीजुद्दीन अहमद, विजय दास, मिहिर घोष, दीपेन राय लगायत अन्य तृणमूल नेताहरू उपस्थित थिए।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *

MARScasibomcasibom girişCasibom Bonuscasibom mobil girişhttps://www.cellerini.it/girişcasibom girişcasibomcasibom girişbahsegelmarsbahiscasibom resmi girişcasibom