सिलगढी : बिहारमा तस्करी गर्न अगावै गाँजा सहित एकजना युवकलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका युवक जालास निजामतारा अञ्चलको मुन्सीबारी इलाकाको टामबारी गाउँ निवासी 25 वर्षीय मोहम्मद आजिबुलको रूपमा चिन्हित गरिएको छ। मोहम्मद आजिबुल आज बिहानै बाइकमा सवार भएर गाँजा तस्करी गर्ने प्रयास गरिरहेको समय फाँसीदेवा थाना पुलिसले गोयालटुली मोडमा अभियान चलाएर 22 केजी गाँजा सहित तिनलाई पक्राउ गरेको बताइएको छ।
