सिलगढी: मतिगढा पुलिसले गोप्य सुइँको पाएर सिलगढी शिव मन्दिरको फाँसादेवा मोड़बाट 22 किलोग्राम गाँजा सहित दुईजना युवकलाई पक्राउ गरेको छ। यसको साथै पुलिसले एउटा बाईक पनि जफत गरेको छ। पक्रा पर्नेहरूमा शिव मन्दिर रविन्द्र सारणीका प्रसन्न बाग्ची उर्फ पुचु र चिडिया मोड दुर्गा मन्दिरका रौनक प्रधान सामेल छन्। प्राप्त जानकारी अनुसार पक्रा परेका यी दुवैजना युवकले सिलगढीको दुर्गा मन्दिर, हलेरमाथा, पाकिस्तान बस्ती क्षेत्रमा नशाका लतमा परेका युवा-युवतीहरूलाई गाँजा सहित अन्य नशालु पदार्थहरू धेरै दिनदेखि बिक्री गरिरहेका थिए। आज तिनीहरूलाई अदालतमा पेश गरियो।
