24 घन्टाको अवधिमा नै चोरी भएको बाइक उद्धार, चोर पक्राउ

सिलगढी (निसं): सिलगढी भक्ति नगर थाना पुलिसले 24 घन्टाको अवधिमा नै चोरी भएको बाइक उद्धार गर्नको साथै चोरलाई पनि पक्राउ गरेर आज अदालतमा पेश गऱ्यो। प्राप्त जानकारी अनुसार बिहिबार भक्ति नगर थाना इलाकाबाट एउटा बाइक चोरी भएपछि यसबारे थानामा अभियोग दर्ता गरेको थियो। यसपछि भक्ति नगर थाना पुलिसले मामिलाको जाँच गर्दै मात्र 24 घन्टाको अवधिमा नै चोरीको घटनालाई सुल्झाएको छ।  भक्ति नगर थाना पुलिसले गोप्य सूचनाको आधारमा श्रवण शर्मा नामक एकजना युवकलाई पक्राउ गरेको छ। यसपछि युवकसित गहन सोधखोज गरेपछि तिनको बयानको आधारमा पुलिसले चोरी गरेको बाइक उद्धार गरेको छ। यसपछि पुलिसले श्रवण शर्मालाई बाइक चोरी गरेको आरोपमा पक्रिएको बताइएको छ। आज आरोपी युवकलाई जलपाईगढी अदालतमा पेश गरियो। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişcasibomcasibom girişCASİBOMCasibomholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibomcasibomjojobetcasibomcasibom güncel girişcasibomcasibom girişcasibom giriş