सिलगढी : छिनताई भएको 24 घण्टाको अवधिमै सिलगढी थाना पुलिसले कार्वाही गर्दै एकजना युवकलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका युवक कार्तिक कर्मकारको रूपमा चिन्हित गरिएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार गत 7 अगस्त राति कार्तिक कर्मकारले बाइकमा सवार भएर सिलगढी कलेजपाड़ा संलग्न खेलाघर मोड़ नजिक एउटा महिलासित छिनताई गरेको बताइएको छ। यसपछि उक्त महिलाले सिलगढी थानामा घटनाबारे अभियोग दर्ता गरिन्। अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले छिनताई भएको 24 घण्टाको अवधिमै बाग्राकोर्ट इलाकाबाट उक्त आरोपीलाई पक्राउ गरेको हो।