25 विपन्न परिवारलाई खाद्य सामग्री तथा औषधि प्रदान

बिजनबारी: विपन्न परिवारलाई लकडाउनको कारण दैनिक उपभोगको सर-सामनको कमी नहोस् भन्ने उद्देश्यले बिजनबारी बेरोजगार युथ फोरमद्वारा यहाँको नयाँ नोर ग्राम अधिनस्थ नोर साकफारा, सुरमान डाँडा, लुनचोक्रो लगायत अन्य स्थानहरुका आवश्यक 25 परिवारलाई दैनिक उपभोग्य सर-सामन वितरण गरियो। संस्थाका सभापति योगेन्द्र राईको नेतृत्वमा गएको टोलीले 25 विपन्न परिवारलाई तिनीहरूकै घर-घरमा पुगेर खाद्य सामग्रीहरू चामल, दाल, खाने तेल, साग-सब्जी, नून, साबुन लगायत अन्य आवश्यक औषधि आदि वितरण गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *