मिरिक : मिरिक महकुमा क्षेत्रमा पनि दल परिवर्तन गर्ने क्रम जारी देखिन्छ। यसै क्रममा मिरिकको मिलिकथुङ चिनियाँ टारका 25 परिवारले विभिन्न पार्टी त्यागेर हिल तृणमूल कांग्रेस पार्टीमा सामेल भएका छन्। स्थानीय हिल तृणमूल नेता सुरेन स्याङदेनको नेतृत्वमा सामेल भएका यी 25 परिवारका सदस्यहरूलाई हिल तृणमूल अध्यक्ष एलबी राईको बाहुलीबाट पार्टीको झण्डा वितरण गरिनको साथै तिनीहरूलाई पार्टीमा स्वागत जनाइयो।