27 वटा गाई-गोरू सहित 6 जना पक्राउ

फाँसीदेवा : गोप्य सूचनाको आधारमा फाँसीदेवा थाना पुलिसले 27 वटा गाई-गोरू उद्धार गर्नको साथै 6 जना तस्करलाई पक्राउ गरेको छ। पक्रा परेका 6 जना तस्करलाई आज सिलगढी अदालतमा पेश गरियो। पक्रा परेकाहरू पञ्जाब निवासी क्रमैले गुरमित सिंह (55), दीपक कुमार (40), सन्दीप सिंह (36), अरूण कुमार (38), गुरसेवक सिंह (24) र अबस्टार सिंह (28) सामेल छन्। प्राप्त जानकारीअनुसार बिहारबाट गाई-गोरू असममा तस्करी गर्ने योजना रहेको थियो।


फाँसीदेवा थाना पुलिसले गोप्य सूचनाको आधारमा घोषपुकुरको फुलबारी बाइसपासमा 3 वटा ट्रक रोकेर छानबीन गर्दा 27 वटा गाई-गोरू उद्धार गरेको  छ। ट्रक चालकले उक्त गाई-गोरूको वैध कागजपत्र देखाउन नसकेपछि पुलिसले गाई-गोरू सहित तिनीहरूलाई पक्राउ गरेको बताइएको छ। जफत गरेको गाई-गोरूलाई असम गर्भमेन्टको स्टिकर लगाइदिएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *