28 र 29 मार्चमा डाकेको बन्दलाई सफल तुल्याउन वाम तथा कङ्ग्रेस श्रमिक संगठनद्वारा सिलगढीमा र्‍याली

सिलगढी : अल इन्डिया ट्रेड युनियनले आगामी 28 र 29 मार्चमा डाकेको बन्दलाई सफल तुल्याउन आज वाम संगठन तथा कङ्ग्रेस श्रमिक संगठनको तर्फबाट आज सिलगढीमा एउटा र्‍याली निकालिइयो। सिलगढीको बाघाजतीन पार्क अघिबाट निकालिइएको र्‍यालीले हासमी चोक हुँदै सहरको विभिन्न पथहरूको परिक्रमा गरेपछि महात्मा गाँधी मोडमा पुगेर समापन गरियो। दार्जिलिङ जिल्ला वामफ्रन्टका शीर्ष नेता समन पाठक तथा अभिजीत मजुमदारको नेतृत्वमा निकालिइएको उक्त र्‍यालीमा श्रमिक संगठनका धेरैजना नेता, कार्यकर्ता तथा समर्थकहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *