2 लाख रुपियाँको प्रतिबन्धित कफ सिरप र नशालु ट्याबलेट सहित युवक पक्राउ

सिलगढी : मेट्रोपोलिटन पुलिसको डिटेक्टिभ डिपार्टमेन्ट (डीडी)-ले मतिगढा थाना अन्तर्गत पर्ने खोलाईबत्री इलाकास्थित एउटा ग्यारेजमा अभियान चलाएर लाखौँ रुपियाँको प्रतिबन्धित कफ सिरप तथा नशालु ट्याबलेट सहित एकजना युवकलाई पक्राउ गरेको छ। पक्रा परेका युवक सिलगढीको 3 नम्बर वार्ड इलाका निवासी राजा हासमीको रूपमा चिन्हित गरिएको छ। डीडीले ग्यारेजबाट लगभग 700 बोतल प्रतिबन्धित कफ सिरप र 9 हजार 360 पीस नशालु ट्याबलेट उद्धार गरेको छ भने यसको अनुमानित बजार मूल्य लगभग 2 लाख रुपियाँ रहेको बताइएको छ।


डीडी सूत्रले दिएको जानकारी अनुसार जफत गरेको उक्त प्रतिबन्धित कफ सिरप र नशालु ट्याबलेट  ग्यारेजमा जम्मा गरेर राखेको थियो भने यहाँबाट सिलगढीको बजारहरूमा पुर्‍याउने गर्दथ्यो। डीडीले पक्रा परेका आरोपी राजा हासमीलाई मतिगढा थानालाई सुम्पदिएपछि आज तिनलाई सिलगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *