36 वर्षीय सुकु लोहारको शव उद्धार

सिलगढी: प्रधाननगर थाना अन्तर्गत पर्ने समरनगर संलग्न दक्षिण पलासको नतुन बजारस्थित एउटा घरबाट पुलिसले 36 वर्षीय सुकु लोहारको शव उद्धार गरेको छ। प्राप्त जानकारी अनुसार सुकु लोहार मालबजारका निवासी हुन् भने तिनी विगत केही समय अघिदेखि आफन्तको घर नतुन बजारमा बस्दै आइरहेका थिए। तिनी मजदुरीको काम गर्थे। आज बिहान आफन्तले तिनलाई मृत अवस्थामा देखेपछि यसबारे प्रधाननगर पुलिस थानालाई जानकारी दिए। पुलिसले घटनास्थलमा पुगेर शवलाई उद्धार गरेर पोस्टमर्टमको लागि उत्तर बंगाल मेडिकल कलेज एवम् अस्पतालमा पठाइ दिएको छ। सम्भवत: ठण्डाले गर्दा नै सुकु लोहारको मृत्यु भएको हुनसक्ने पुलिसले प्राथमिक अनुमान लगाएको छ। तथापि स्थानीय मानिसहरूको भनाई अनुसार सुकुको हत्या गरिएको हो। पुलिसले सम्पूर्ण घटनाको जाँच शुरू गरेको बताएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *