37 लाख रूपियाँ ठगेको आरोपमा सिलगढीको बार मालिक पवन दास पक्राउ

राजगञ्ज: राजगञ्ज पुलिसले 37 लाख रुपियाँ ठगेको आरोपमा सिलीगढीको बार मालिक पवन दासलाई पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार 2020-मा बेलाकोवाको प्राथमिक विद्यालयका सेवानिवृत्त प्रधानाध्यापक सिलगढीको हङ्गकङ्ग मार्केटस्थित एउटा दोकानमा चाइनिस गुड़िया किन्न गएका थिए। गुड़िया किन्नको लागि 1 लाख रूपियाँ दिने तय भएको थियो। यसपछि शिक्षकले केही हजार रुपियाँ एडवान्सको रूपमा दिएर गुड़िया आफ्नो घरमा पुऱ्याइदिने बताए। तर पछि तिनले फोन गरेर बाटोमा आमबाड़ी चौकी पुलिसले गुड़िया जफत गरेको बताए। यसपछि आमबाड़ी थानाको पुलिस अधिकारीको रूपमा परिचय दिएर उक्त शिक्षकलाई पक्राउ गर्ने चेतावनी दिए। शिक्षकले आरोप लगाउँदै बताए अनुसार तिनले विभिन्न प्रकारको धम्की दिँदै धम्की दिएर मोठ 37 लाख रुपियाँ लगे। शिक्षकको भनाई अनुसार जलपाइगढीको जिल्लाशासकको रूपमा आफुलाई परिचय दिएर मामिलालाई समाधान गर्नको लागि धेरै रूपियाँको माग गरे। यसपछि गत नोभेम्बर महीनामा उक्त शिक्षकले यस मामिलालाई लिएर राजगञ्ज थानामा लिखित अभियोग दर्ता गरे।  अभियोगको आधारमा जाँचमा जुटेको पुलिसले उक्त रूपियाँ सिलगढीको एउटा बार मालिक पवन दास लगायत अन्य केही व्याक्तिहरूको ब्याङ्क खातामा जम्मा गरेको पत्तो लगाए। यसपछि राजगञ्ज थानाका एसआई मोहम्मद मन्सूरुद्दीनको नेतृत्वमा गत राति पवन दासलाई पक्राउ गरेको छ। यसवाहेक अन्य व्याक्तिहरूको पनि पुलिसले खोजी गरिरहेको बताइएको छ। पक्रा परेका आरोपीलाई आज जलपाईगढी अदालतमा पेश गरियो। पुलिसले विस्तृत रूपमा हाल मामिलाको जाँच गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetxxxxjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobetdeneme bonusuurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdegiscek2bahiscasinosekabetmatbetimajbetvdcasinovdcasinopusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkazandrainterbahisperabet girişjojobet güncel giriştipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomcasibomgrandpashabetdegiscek1perabetcasibomjojobetgrandpashabetholiganbetgameofbet1winteosbetpalacebetbetsalvadorcasinoroyalbetplaymercurecasinoesbetbetbeynesinecasinowbahisjojobetgrandpashabetholiganbetgameofbet1winteosbetgrandpashabetgrandpashabet girişwbahis girişwbahistempobetcasibom Built with ❤︎ by appycodes