नयाँ दिल्ली : प्रधानमन्त्री नरेन्द्र मोदीले देशमा लागू गरिएको 3 वटा कृषि कानुनलाई फिर्ता लिइने आज घोषणा गरेका छन्। आज बिहान 9 बजी राष्ट्रको नामलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त घोषणा गरेका हुन्। तिनले देशवासीसित क्षमा माग्दै आज गुरूनानकको जन्मदिनको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले 3 वटा कृषि कानुन फिर्ता लिएको घोषणा गरेका छन्। तिनले बताएअनुसार ती 3 वटा कृषि कानुनलाई रद्द गर्नको लागि संवैधानिक प्रक्रिया चाँडै शुरू गरिनेछ। अर्कोतिर, पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जीले ट्वीट गरेर प्रधानमन्त्रीले 3 वटा कृषि कानुनलाई फिर्ता लिइने निर्णय लिएकोमा देशका किसानहरूलाई हार्दिक बधाई दिँदै भाजपाले जस्तो प्रकारले कृषकहरूसित क्रुरतापूर्वक व्यवहार गरे तापनि कृषकहरू विचलित नभएको बताएकी छन्। यसको साथै कृषि कानुन विरुद्ध अथक संघर्ष गरेकोमा तिनले कृषकहरूलाई बधाई दिएकी छन्।
