पानीघट्टा : मिरिक महकुमा अन्तर्गत पर्ने तराईको पन्थाबारीमा आज पानीघट्टा पुलिस पब्लिक मञ्चद्वारा 40 विपन्न परिवारलाई ठण्डामा लगाउने न्यानो लुगाफाटा वितरण गरियो। यस अवसरमा पानीघट्टा पुलिसले स्थानीय मानिसहरूलाई नशालु पदार्थबाट कसरी जोगिन सकिन्छ भन्नेबारे जनचेतना कार्यक्रमको आयोजना पनि गर्यो।
