40 लाख रुपियाँ मूल्यको बर्मा टीक काठ सहित 1 जना पक्राउ

राजगञ्ज: बेलाकोवा रेञ्जका वन कर्मीहरूले तस्करी गर्न अगावै 40 लाख रुपियाँ मूल्यको बर्मा टीक काठ उद्धार गर्नको साथै 1 जना तस्करलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति उत्तरप्रदेश निवासी निराजको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार बेलाकोवा रेञ्जर सञ्जय दत्तको नेतृत्वमा वन कर्मीहरूले आज बिहान सिलगढी जलपाईगढी राष्ट्रिय राजमार्गको जलपाईगढी संलग्न दशदरगा इलाकामा अभियान चलाएर एउटा कन्टेनरबाट बर्मा टीक काठ उद्धार गरेको छ भने घटनामा 1 जना तस्करलाई पक्राउ गरेको छ। वन विभाग सूत्रले दिएको जानकारी अनुसार गोप्य सूत्रको आधारमा अभियान चलाएर लगभग 40 लाख रुपियाँ मूल्यको टीक काठ उद्धार गरेको छ। उक्त काठ असमबाट दिल्लीको नोएडामा लैजाने उद्देश्यले लगिरहेको थियो। पक्रा परेका व्यक्तिलाई भोलि शनिबार जलपाईगढी अदालतमा पेश गरिनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişbaywincasibom girişcasibom girişdeneme bonusuCASİBOM GÜNCELcasibom girişcasibomgrandpashabet giriş