खोरीबारी: एसएसबी 41औ बटालियन रानीडांगा अन्तर्गत कदममनि जोत क्याम्पको स्पेशल पेट्रोलिङ टीमले गोप्य सूचनाको आधारमा ब्राउन सुगर सहित दुई जना व्याक्तिलाई हिरासतमा लिएको छ। आरोपीहरूमा नदिया जिल्लाका विश्वजीत मण्डल र विश्वरूप वैध सामेल छन्।
एसएसबी सूत्रले दिएको जानकारी अनुसार गोप्य सूचनाको आधारमा फाँसीदेवा थाना अन्तर्गत फौजीजोत बजार नजिक अभियान चलाएर 475 ग्राम ब्राउन सुगर सहित दुई जनालाई हिरासतमा लिएपछि आवश्यक कार्वाही गरेर जफत गरिएको ब्राउन सुगर सहित दुई जनालाई पनि फाँसीदेवा पुलिसलाई सुम्पिदिए। यसपछि पुलिसले अग्रिम कार्वाही गर्दै एनडीपीएस एक्ट अन्तर्गत मामिला दर्ता गरेर आज सिलगढी अदालतमा पेश गरियो।