50 वर्ष पुरा गरेको उपलक्ष्यमा एसएफआई-द्वारा रक्तदान शिविरको आयोजना

सिलगढी : स्टुडेन्ट फेडरेशन अफ् इन्डिया (एसएफआई)-ले 50 वर्ष पुरा गरेको उपलक्ष्यमा विभिन्न कार्यक्रमको आयोजना गरिरहेको छ। यसै क्रममा आज एसएफआई जिल्ला कार्यालय अघि रक्तदान शिविरको आयोजना गरियो। हाल कोरोना परिस्थितिमा देशभरि मै रगतको संकट देखापरिरहेको छ। यसैले एसएफआई-को तर्फबाट एउटा रक्तदान शिविरको आयोजना गरेर स्वेच्छाले सबै विद्यार्थीहरूलाई अघि आएर रक्तदान गर्ने अपील गरेको छ। एसएफआई-ले 50 वर्ष पुरा गरेको अवसरमा 50 युनिट रगत संग्रह गर्ने लक्ष्य राखेको छ भने उक्त शिविरमा संग्रह गरिएको रगत सिलगढी जिल्ला अस्पतालमा पठाइने बताइएको छ।


उक्त शिविरमा अशोक भट्टाचार्य, जीवेश सरकार, एसएफआई-का वर्तमान तथा पूर्व कार्यकर्ता एवम् अन्य नेतृत्वहरू उपस्थित थिए। आगामी 29 दिसम्बरको दिन एसएफआईद्वारा सिलगढीको बाघाजतीन पार्कबाट एउटा विशाल र्‍यालीको आयोजना गर्ने साथै उक्त र्‍यालीमा एसएफआई-का अल इन्डिया नेत्री ऐशी घोष लगायत अन्य नेताहरू उपस्थित रहने संगठन सूत्रमार्फत् थाहा लागेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

MARScasibomcasibom girişCasibom Bonuscasibom mobil girişhttps://www.cellerini.it/girişcasibom girişcasibomcasibom girişbahsegelmarsbahiscasibom resmi girişcasibom