50 लाख रुपियाँ मूल्यको बर्मा टीक काठ सहित 2 जना तस्कर पक्राउ

राजगञ्ज : तस्करी गर्न अगावै लगभग 50 लाख रुपियाँ मूल्यको बर्मा टीक काठ उद्धार गर्नको साथै 2 जना तस्करलाई पक्राउ गरेको छ। पक्रा परेकाहरू बिहार निवासी भोला राम र जितेन्द्र कुमारको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार आज बिहान बेलाकोवा रेञ्जर सञ्जय दत्तको नेतृत्वमा वनकर्मीहरूले अभियान चलाएर फुलबारी इलाकामा एउटा ट्रकलाई रोकेर छानबीन गर्दा धेरै मात्रामा बर्मा टीक काठ उद्धार गरेको छ भने घटनामा ट्रक चालक र खलासीलाई पनि पक्राउ गरेको बताइएको छ।


वन विभाग सूत्रले दिएको जानकारी अनुसार गोप्य सूचनाको आधारमा अभियान चलाएर लगभग 50 लाख रुपियाँ मूल्यको बर्मा टीक काठ उद्धार गरेको छ। वाहनको टायरको आडमा उक्त काठ गुवाहाटीबाट कोलकातामा तस्करी गर्ने उद्देश्यले लगिरहेको थियो पक्रा परेका दुईजना तस्करलाई भोलि जलपाईगढी अदालतमा पेश गरिनेछ। घटनाको जाँच शुरू गरेको वन विभाग सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *