राजगञ्ज : राजगञ्ज थाना पुलिसले 56 केजी गाँजा सहित 1 जना युवकलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेका युवक कुचबिहार निवासी 24 वर्षीय जयन्त दासको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार हिजो साँझ फाटाटपुकुर संलग्न इलाकामा नाका चेकिङ अवधि पुलिसले एउटा वाहनलाई रोकेर छानबीन गर्दा 18 वटा प्याकेटमा 56 केजी गाँजा उद्धार गरेको बताइएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार उद्धार गरेको गाँजा कुचबिहारबाट सिलगढीतर्फ ल्याइरहेको थियो।
