5 डेसिमल जमीनको विरोधमा भाजपा दार्जिलिङ जिल्ला कमिटी र खरसाङ मण्डलद्वारा मुख्यमन्त्रीलाई ज्ञापन

खरसाङ (निसं): बगानवासीलाई प्रदान गरिने भनिएको 5 डेसिमल जमीनको विरोधमा भारतीय जनता पार्टीको दार्जिलिङ जिल्ला कमिटी र खरसाङ मण्डल मिलेर खरसाङ खण्ड विकास अधिकारीमार्फत् राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई ज्ञापन पत्र सुम्पेको छ। खरसाङ खण्ड विकास अधिकारीमार्फत् ज्ञापन पत्र बुझाएपछि भाजपा दार्जिलिङ जिल्ला सचिव सोनाम लामाले पत्रकारहरूसित कुराकानी गर्दै आज पहाड़को बगानवासीलाई प्रदान गरिने 5 डेसिमल जमीनको विरोध गर्दै खरसाङ खण्ड विकास अधिकारीमार्फत् मुख्यमन्त्रलाई ज्ञापन दिइएको बताएका छन्। तिनले 5 डेसिमलबाहेक पनि अन्य सबै जमीनको पनि पर्जा पट्टा प्रदान गरिनुपर्छ भनी माग गरिएको बताएका छन्। हामी पहाड़मा पुस्तौँदेखि बस्दै आएको र हामीलाई 5 डेसिमलबाहेक पनि सबै जमीनको पट्टा चाहिन्छ भनी तिनले बताए। खण्ड विकास अधिकारीले पनि हाम्रो ज्ञापनलाई दार्जिलिङ जिल्ला शासकमार्फत् मुख्यमन्त्रीलाई बुझाइदिने आश्वासन दिएको सोनाम लामाले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *