5 जना कोरोना संक्रमित भेट्टाएपछि खरसाङ नगरपालिका क्षेत्रमा सेनिटाइज

खरसाङ:  खरसाङ नगरपालिका क्षेत्रमा पाँचजना कोरोना पोजेटिभ पुष्टि भएको छ। खरसाङ नगरपालिका अन्तर्गत वार्ड नम्बर 18-का 97 वर्षीय आमा अनि 73 वर्षीय छोरा कोरोना संक्रमित भएपछि दुवैलाई उपचारको लागि सिलगढी कोभिड अस्पतालमा लगिएको खरसाङ नगरपालिकाको हेल्थ एण्ड सेनिटेशन विभागका इन्चार्ज श्याम शेर्पाले दिएका छन्। यसैगरी, वार्ड नम्बर 7-मा पनि 59 वर्षीय लोग्ने अनि 60 वर्षीय स्वास्नी कोरोना संक्रमित भएको साथै दुवैलाई होम आइसोलेशनमा राखिएको बताइएको छ। उक्त क्षेत्रमा नगरपालिकाको तर्फबाट सेनिटाइज गरिएको खरसाङ नगरपालिकाको वार्ड नम्बर 7-का नगर पार्षद  श्याम शेर्पाले जानकारी दिएका छन्। तिनले दिएको जानकारी अनुसार खरसाङको गौरीशंकर निवासी 46 वर्षीय महिला प्राय गौरीशंकर बस्ने गर्थिन् भने केही दिन अघि मात्रै तिनी आफ्नो लोग्नेको घर धोबीखोला छेउमा बस्दै आइरहेकी थिइन्। उक्त महिलाको टेस्ट रिपोर्ट पनि पोजिटिभ आएपछि तिनलाई  सेनेटोरियम छेउ पुरानो रेलवे अस्पतालमा भर्ना गरिएको छ। हालसम्म नगरपालिका क्षेत्रको वार्ड नम्बर 7-मा 14 वटा कोरोना पोजिटिभ मामिला पुष्टि भएको  छ भने तीमध्ये 12 जना उपचारपछि स्वस्थ भएर घर फर्किआएको वार्ड पार्षद श्याम शेर्पाले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom girişcasibomcasibom giriş