5 लाख रुपियाँको प्रतिबन्धित कफ सिरप सहित दुई दाजु-भाइ पक्राउ

सिलगढी (निसं): सिलगढीमा प्रतिबन्धित कफ सिरपको व्यवसाय चलाएको आरोपमा दुई दाजु-भाइलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरू सिलगढीको 3 नम्बर वार्डको गुरुङ बस्ती इलाका निवासी विक्रम झा र विनित झा सामेल छन्। प्राप्त जानकारी अनुसार गोप्य सूचनाको आधारमा एसओजीले प्रधान नगर थाना पुलिसको सहयोगमा 46 नम्बर वार्ड अन्तर्गत चम्पासरी इलाकाको एउटा घरमा अभियान चलाएर 2275 पिस प्रतिबन्धित कफ सिरप उद्धार गरेको छ। उद्धार गरेको कफ सिरपको अनुमानित बजार मूल्य 5 लाख रुपियाँ रहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *