60 बोतल अवैध कफ सिरफ सहित 2 जना पक्राउ

सिलगढी: सिलगढी मेट्रोपलिटनको प्रधान नगर थानाको पुलिसले सादा पोशाकमा कफ सिरफ सहित दुईजनालाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपीहरू सौरभ टिग्गा (30) नर्मदा बगान, अमल राय (23) समर नगर निवासी रहेको बताइएको छ। दुवै आरोपीलाई एनडीपीएस एक्ट अन्तर्गत मामिला दर्ता गरेर आज सिलगढी अदालतमा पेश गऱ्यो।  प्राप्त जानकारी अनुसार गत राति चम्पासरी मोड़मा सौरभ र अमल 60 बोतल प्रतिबन्धत कफ सिरफ बिक्री गर्नको लागि आइपुगेका थिए। यसबारे जानकारी पाएर पुलिसले गोप्य अभियान चलाएर दुवै आरोपीलाई प्रतिबन्धित कफ सिरफ सहित पक्राउ गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *