65 बोरा आलू सहित पिकअप भ्यान चोरी, जाँचमा जुट्यो पुलिस

फाँसीदेवा (निसं): 65 बोरा आलू सहित पिकअप भ्यान चोरी भएको घटना प्रकाशमा आएको छ। यो घटना सिलगढी संलग्न फाँसीदेवाको लेउसीपाकरी इलाकामा घटेको हो। प्राप्त जानकारी अनुसार सोमवार राति लगभग 10.30 बजे पिकअप भ्यान चालकले हल्दीबाडीबाट पिकअप भ्यानमा 65 बोरा आलू लिएर आएपछि लेउसीपाकरी इलाकामा आफ्नो घर नजिक पिकअप भ्यान राखे। आज बिहान तिनी पिकअपबाट आलू निकाल्न जाँदा आलू सहित पिकअप चोरी भएको थाहा पाए। पिकअप भ्यान सहित लगभग 80 हजार रुपियाँको आलू चोरी भएको बताइएको छ। अर्कोतिर, चोरीको घटनाबारे फाँसीदेवा थाना पुलिसलाई जानकारी दिए। खबर पाउन साथ पुलिस घटनास्थलमा पुगेर सम्पूर्ण घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişcasibomcasibom girişCASİBOMholiganbet girişizmir escort bayancasibomcasibom güncel girişcasibom güncelCasibomCasibom Girişholiganbetholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibomcasibomjojobet