6 महिनापछि आजदेखि खोलियो राजगञ्जको बानी चिया बगान, श्रमिकहरूमा खुशी

राजगञ्ज (निसं): अन्तत:  लगभग 6 महिनापछि आजदेखि बन्द अवस्थामा रहेको राजगञ्ज ब्लकको बन्धुनगर इलाकाको गधेयागछ “बानी टी एस्टेट” खोलियो। बुधवार श्रमिक नेता, श्रमिकहरू अनि मालिक पक्षको उपस्थितिमा बगान खोलिएपछि श्रमिकहरूमा खुशी देखा परेको छ।  


उल्लेखनीय रहोस, लगभग 6 महिना पहिला पूजा बोनस विवादलाई लिएर बानी टी स्टेट बन्द भएको थियो। उक्त बगान बन्द भएपछि स्टाफहरू लगायत धेरै संख्यामा श्रमिकहरूले नोकरी गुमाएका थिए। यसपछि तृणमूल श्रमिक संगठन आईएनटीटीयूसी-को जलपाईगढी जिल्ला अध्यक्ष तपन दे-को पहलमा गत सोमवार जलपाईगढी श्रम विभागमा सम्पन्न त्रिपक्षीय बैठक अवधि बगान खोल्ने निर्णय लिएको थियो। आज श्रमिकहरूले बताए अनुसार बगान बन्द भएपछि परिवारको भरण पोषण गर्न निक्कै असुविधा भइरहेको थियो तर अब बगान खोलिएकोमा खुसी छौ।

अर्कोतिर, बगानका मालिक गौतम दत्तले भने, त्रिपक्षीय बैठकको माध्यम समस्याको समाधान निकालेका छौ। श्रमिकहरूको बकाया बोनस भुगतान हामी दुई किस्तीमा प्रदान गर्नेछौ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomdeneme bonusuMARSJOJO