नक्सलबारी : दार्जिलिङ जिल्ला कङ्ग्रेस एससी एसटी सेलले 6 सूत्रीय मागलाई लिएर आज नक्सलाबारी बीडीओसित भेट गरेर एउटा ज्ञापन पत्र चढायो। रैलीको माध्यमद्वारा दार्जिलिङ जिल्ला कङ्ग्रेस एससी एसटी सेलका सदस्यहरू नक्सलबारी बीडीओ कार्यालय पुगेपछि बीडीओसित भेट गरेर एउटा ज्ञापन पत्र चढाए। अनुसूचित जातिको प्रमाणपत्र सरलीकरण, आवासको व्यवस्था, अनुसूचित जातिलाई बीपीएलमा समावेश गरिनुपर्ने, ऋण लगायत 6 सूत्रीय मागलाई लिएर आज नक्सलबारी बीडीओलाई ज्ञापनपत्र चढाएको बताइएको छ। नक्सलबारी ब्लक सभापति अमिताभ सरकारले बताएअनुसार अनुसूचित जातिलाई प्रमाणपत्र प्राप्त गर्नमा धेरै समस्याको सामना गर्न परिरहेको छ। तर चुनाउ आउन साथ 5 घण्टाको अवधिमै अनुसूचित प्रमाणपत्र प्राप्त हुने गर्दछ। आफूहरूको माग चाँडै पुरा नभएको खण्डमा आगामी दिनमा वृहत् आन्दोलन गर्ने तिनले चेताउनी दिएका छन्।