सोनादा (निसं): विपन्न क्यान्सर रोगीहरूलाई सहयोग गर्दै आइरहेको आशारिका फाउन्डेसन रङ्गबुलको तर्फबाट आज रङबुल बालासनको बन्द चियाबारीका श्रमिकको छोरा 8 वर्षीय क्यान्सर शङ्कास्पद व्यक्ति निर्देश गुरुङलाई सहयोगको हात बढाएको छ। बिमारीलाई उपचारको लागि क्रिस्चियन मेडिकल कलेज, भेल्लोर जानको निम्ति 50 हजार रुपियाँ लगायत दुइवटा रेलको टिकट पनि उपलब्ध गराइदिएको छ। आशारिका फाउन्डेसन रङ्गबुलको तर्फबाट उक्त रकम तिनका परिवारलाई प्रदान गरेको बताइएको छ। यस अवसरमा आशारिका फाउण्डेशनका सचिव रुपेश छेत्री लगायत सरण कुमार लिम्बु, सुश्री निमा डोमा डुक्पा, पपु अग्रवाल र सिमा सुब्बा उपस्थित थिए। तिनीहरूले बिमारी निर्देश गुरुङको सफल उपचारपछि निको फर्कोस् भन्ने कामना साथै ईश्वरसँग प्रार्थना पनि गरे।