आबकारी विभागले करोडौ रूपियाँको मिलावटी रम-रक्सी सहित सर-सामानहरू गऱ्यो उद्धार

मयनागढी (निसं): आबकारी विभागका अधिकारीहरू पनि घरभित्र पसेपछि एकक्षण त छक्कै परे। छापामार अभियान लगभग 8 घन्टासम्म लगातार चल्यो। रम-रक्सीका बोतलहरूको संख्या गन्दा गन्दा कर्मचारीहरूको समेत हालत खराब भएको देखियो। आबकारी विभागले बताए अनुसार हाल यति अधिक संख्यामा मिलावटी रम-रक्सी उत्तर बंगालको कहींबाट पनि उद्धार भएको थिएन। यो मामिला जलपाईगढी जिल्लाको मयनागढी ब्लक अन्तर्गत रामसाई ग्राम पञ्चायतको काजलदिघी इलाकाको हो। त्यहाँ एउटा घरमा फ्याक्ट्री खोलेर मिलावटी रम-रक्सी बनाउँदै आइरहेको थियो। आबकारी विभागले छापामार अभियान अवधि लगभग 6 करोड रुपियाँको मिलावटी रम-रक्सी लगायत अन्य सर-सामानहरू उद्धार गरेको छ।  


घटनाक्रम अनुसार आबकारी विभागका अधिकारीहरूले शुक्रवार अपरान्हदेखि लगातार 8 घन्टासम्म मयनागढी ब्लकको उक्त मिलावटी रम-रक्सीको फ्याक्ट्रीमा छापामार अभियान चलाए। यो घटनाले मयनागढी ब्लकको रामसाई ग्राम पञ्चायत इलाकामा सनसनी फैलिएको छ। शुक्रवार अपरान्ह जलपाईगढी सदर आबकारी विभागलाई गोप्य सूत्रले मिलावटी रम-रक्सी बनाउने फ्याक्ट्रीबारे जानकारी दिएपछि रामसाई ग्राम पञ्चायतको काजलदिघी इलाकाको निरञ्जन रायको घरमा छापामार अभियान चलाएको थियो। यस अवधि धेरै मात्रामा विदेशी अवैध रम-रक्सीका बोतलहरू लगायत अवैध रम-रक्सी उद्धार गरेको बताइएको छ। यसको साथै मिलावटी रम– रक्सी बनाउँदा प्रयोग गरिने धैरै सर-सामानहरू पनि जफत गरेको छ। अबकारी विभागले 7 गाडी अवैध रम रक्सी लगायत सर-सामानहरू जफत गरेको छ। आबकारी विभागको जलपाईगढी डिभिजनका डिप्टी कमिश्नर सुजीत दासले भने, मैले हालमा यति धेर मात्रामा मिलावटी रम-रक्सी बनाउने प्याक्ट्री देखेको छुइँन। लगभग 6 करोड़ रूपियाँको अवैध रम-रक्सी उद्धार गरिएको छ। यस्तो रम-रक्सी स्वास्थ्यको लागि धेरै हानिकारक हुन्छ। यस्ता रमहरू सेवन गर्नाले मानिसहरूको मृत्यु पनि हुनसक्छ। फ्याक्ट्रीका मालिक आरोपीले हाल चम्पट कसेका छन्। तर तिनको खोजी गरिँदैछ।   


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişCASİBOMCasibomholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibomcasibomjojobetcasibomcasibom güncel girişcasibomcasibom girişcasibom girişcasibom giriş