आदिवासी नाबालिकासित नक्सलबारीमा दुष्कर्म, आरोपी पक्रा परे तापनि उत्तेजनाको माहौल

नक्सलबारी: आदिवासी नाबालिकासित दुष्कर्म गरेको घटनालाई केन्द्र गरेर नक्सलबारीमा उत्तेजनाको माहौल देखापर्यो। नक्सलबारी थाना पुलिसले आरोपी युवकलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। प्राप्त जानकारी अनुसार गत साँझ एउटी नाबालिका साथीको घरबाट एक्लै फर्किरहेको समय आरोपी युवकले उक्त नाबालिकासित दुष्कर्म गरेको बताइएको छ। घटनाबारे थाहा पाएपछि स्थानीय मानिसहरूले आरोपीलाई युवकलाई पक्रेर नक्सलबारी थाना पुलिसलाई सुम्पिदिएको छ। पक्रा परेका आरोपीलाई कठोर सजाय दिनुपर्ने माग गर्दै आज नाबालिकाको परिवारका सदस्य लगायत आदिवासी समाजका मानिसहरूले नक्सलबारी थाना घेराउ गरेर विक्षोभ प्रदर्शन गर्यो। उक्त घटनालाई केन्द्र गरेर उत्तेजनाको माहौल सृजना भयो। घटनाको खबर पाएर भाजपा तथा सीपीएम-का नेतृत्वहरू घटनास्थलमा पुगेका थिए। यसबाहेक सिलगढी महकुमा परिषदका सभाधिपति अरूण घोष पनि घटनास्थलमा पुगेर आरोपीलाई कठोर सजाय दिनुपर्ने माग गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *