आफ्नै छोराको शवसित 3 दिनदेखि सँगै थिइन् वृद्धा आमा, दुर्गन्ध आएपछि गाउँलेहरूले पुलिसलाई दिए सूचना

कुचबिहार : कुचबिहारको 14 नम्बर वार्डको म्यागजीन रोड एक्सटेन्शन इलाकामा एउटी वृद्धा आमा आफ्नै छोराको शवसँगै गत 3 दिनदेखि बसिरहेकी थिइन्। मृतक छोरा विश्वजीत आचार्य (55) र आमा छायारानी आचार्य (95) को रूपमा चिन्हित गरिएको छ। उक्त घरबाट दुर्गन्ध आएपछि छिमेकीहरूले उक्त मृतकको ज्वाइँलाई यसबारे खबर दिए। खबर पाएर ज्वाइँ उक्त घरमा आएर पुलिसलाई घटनाबारे जानकारी दिए। घटनाको जानकारी पाएर पुलिस घटनास्थलमा पुगेर उक्त घरको ताला भत्काएर घरभित्र पसेर हेर्दा ओछ्यानमा रहेको छोराको शवसितै आमा पनि सुतिरहेकी थिइन्। मृतकका ज्वाइँ प्रशान्त साहाले बताएअनुसार उक्त घरमा वृद्धा बोजु सासु र ससुरा बस्दै आइरहेका थिए। आज बिहान इलाकाका मानिसहरूले यसबारे जानकारी दिएपछि आफू  घरमा आएर हेर्दा घरको दैलो बन्द रहेको थियो। यसपछि घटनाबारे पुलिसलाई खबर दिएपछि पुलिस घटनास्थलमा पुगेर घरको दैलो भत्काएर हेर्दा वृद्धा आमा छोराको शवको छेउमै सुतिरहेकी थिइन्। पुलिसले शव उद्धार गरेर पोस्टमार्टमको लागि कुचबिहार मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


pashagamingbetzulaslotbarmobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetcasibomcasinowontipobetbets10 girişurfa konteynerşanlıurfa konteynerpusulabet girişcasibomgrandpashabet girişmatbet girişVDCasinoonwincasibom girişcasibom girişsuperbetin girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın aljojobetGrandpashabetcasibomjojobetgrandpashabetholiganbetpusulabetvdcasinobetciosekabetjojobetmarsbahissekabetmatbetimajbetholiganbetgrandpashabetdeneme bonusu veren sitelerpalacebetŞans Casinocasibomjojobet betcio Built with ❤︎ by appycodes