सिलगढी : प्रधान नगर थाना पुलिसले दुई भिन्ना-भिन्नै ठाउँमा अभियान चलाएर आग्नेयास्त्र, कार्तुस सहित 3 जना युवकलाई पक्राउ गरेको छ। पक्रा परेकाहरूमा अर्जुन छेत्री (25), आशीष प्रजा (27) र दयाल शील (25) सामेल छन्। पुलिस सूत्रले दिएको जानकारी अनुसार गत राति पुलिसले राजाराम मोहन राय ब्रिजमुनि दुईजना संदिग्ध युवक रहेको गोप्य सुइँको पाएपछि उक्त इलाकामा अभियान चलाएर एउटा देशी पिस्तोल, दुईवटा जिउँदो कार्तुस सहित दुईजना युवकलाई पक्राउ गरेको बताइएको छ। अर्कोतिर, गोप्य सूचनाको आधारमा पोकाइजोत इलाकामा अभियान चलाएर पुलिसले एउटा देशी पिस्तोल, एक राउण्ड जिउँदो कार्तुस सहित दयाल शीललाई पक्राउ गरेको छ। पक्रा परेका 3 जना आरोपीलाई आज सिलगढी अदालतमा पेश गरेर पुलिस हिरासतमा पठाएको छ।
