आग्नेयास्त्रसहित पक्रा परेका 5 जना डकैत अदालतमा पेश

सिलगढी : सिलगढी मेट्रोपोलिटन पुलिसलाई ठुलो सफलता हात लागेको छ। सिलगढी मेट्रोपोलिटन पुलिसको डीसीपी र एनजेपी थानाले हिजो संयुक्त अभियान चलाएर 5 जना डकैतलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। हिजो साँझ एउटा पत्रकार सम्मेलनको आयोजना गरेर डीसीपी डीडी कुंवर भुषण सिंहले यसबारे जानकारी दिएका छन्। प्राप्त जानकारी अनुसार बिहारको एउटा डकैत गुट डकैती गर्ने उद्देश्य लिएर एनजेपी थाना क्षेत्र इलाकामा बसिरहेको एसटीएफले सिलगढी मेट्रोपलिटन पुलिसलाई खबर दिए। यसपछि सिलगढी मेट्रोपोलिटन पुलिसको डीसीपी डीडी र एनजेपी थानाले संयुक्त अभियान चलाएर 5 जना डकैतलाई पक्राउ गरेको बताइएको छ। पक्रा परेकाहरू पूर्वी चम्पारण बेतिया निवासी 22 वर्षीय शाहनवाज अन्सारी, जलपाईगढी निवासी 30 वर्षीय मिथुन ग्वाला, बिहारको कटिहार निवासी 50 वर्षीय महेन्द्र यादव, बिहारको पूर्णिया निवासी 22 वर्षीय मोहम्मद अहमद, मोतिहारी निवासी 20 वर्षीय अजय कुमारको रूपमा सामेल छन्। पुलिसले तिनीहरूबाट 2 वटा अटोमेटिक पिस्तोल, 3 वटा म्यागजिन, 17 राउण्ड जिउँदो कार्तुस, नकली नोट, 2 वटा बाइक, 7 वटा मोबाइल, 1 इन्टरनेट डोङ्गल लगायत वाहनको लक भत्काउने सामग्रीहरू उद्धार गरेको छ। आज सबै आरोपीहरूलाई जलपाईगढी अदालतमा पेश गर्यो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibombahsegelcasibomjojobet