आकाशवाणी खरसाङको मनोरञ्जन समितिको आयोजनामा विदाई समारोह सम्पन्न

खरसाङ: आकाशवाणी खरसाङको मनोरञ्जन समितिको आयोजनामा सम्पन्न विदाई समारोहमा आकाशवाणीका दुईजना कर्मचारीलाई विदाई दिइयो। समारोहमा आकाशवाणीको उप महानिर्देश अभियन्ता हिरणचन्द्र देवनाथ र आकाशवाणी खरसाङको अभियन्त्रिकी सहायक चन्द्रबहादुर (सीबी) आलेलाई विदाई दिइयो। आकाशवाणी खरसाङको उदघोषकहरूको समूहद्वारा स्वागत गीतद्वारा थालिएको कार्यक्रमलाई राजीव सुब्बाले सञ्चालन गरेका थिए। कार्यक्रमको शुरुमा दुवै अवकाशप्राप्त अधिकारीहरू र तिनका पत्नीहरूलाई स्वागत जनाउँदै केक काटेर अवकाशप्राप्त जीवनको शुभकामना व्यक्त गरियो।


कार्यक्रममा दुवै पदाधिकारीहरूलाई स्मृति चिन्ह र संवर्द्धना पत्र प्रदान गरेर सम्मान जनाइयो। यस अवसरमा उप महानिर्देश अभियन्ता हिरणचन्द्र देवनाथलाई आकाशवाणी खरसाङको कार्यक्रम प्रमुख पारसचन्द्र आलेको बाहुलीबाट सम्मान पत्र प्रदान गरियो भने अभियन्त्रिकी सहायक सीबी आलेलाई सहायक अभियन्ता धर्मदास मुखर्जीको बाहुलीबाट सम्मान पत्र प्रदान गरियो। दुवैको संवर्द्धना पत्र विश्व सुब्बा र राजीव सुब्बाले पठन गरेका थिए। कार्यक्रममा विभिन्न साङ्गीतिक र सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरियो। कार्यक्रममा दुवै अवकाशप्राप्त अधिकारीले पनि सम्बोधन गरेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *