आमबारी इलाकाको सडक जर्जर अवस्थामा रहेकोले गाउँलेहरूद्वारा सडकको मरमति गरिदिने माग

राजगञ्ज : धेरै समय अघिदेखि आमबारी इलाकाको सडक जर्जर अवस्थामा रहेकोले गर्दा स्थानीय मानिसहरूले चाँडोभन्दा चाँडो सडक मरमति गरिदिने माग गरेका छन्। राजगञ्ज ब्लकको बिन्नागढी ग्राम पञ्चायतको आमबारी करतोया पुलदेखि हाई स्कुल हुँदै पोस्ट अफिस मोडसम्मको सडक लगभग 5 वर्षदेखि जर्जर अवस्थामा रहेको छ। उक्त सडकको मरमतिको लागि प्रशासनले कुनै पहल गरेको छैन। यसैले स्थानीय मानिसहरूले उक्त सडकको तत्कालै मरमति गरिनुपर्ने माग गरेका छन्। स्थानीय मानिसहरूको आरोप अनुसार उक्त सडक भएर दिनहुँ धेरै संख्यामा मानिसहरू आवत-जावत गर्ने गर्दछन्। सडकको अवस्था जर्जर रहेकोले गर्दा तिनीहरूलाई धेरै असुविधा हुने गर्दछ। उक्त सडकमै एउटा हाई स्कुल, स्वास्थ्य केन्द्र र आमबारी बजार पनि छ। विद्यार्थीहरूलाई उक्त सडक भएर स्कुल जान धेरै असुविधा भइरहेको छ। उक्त सडकमा प्रायःजसो दुर्घटनाहरू हुने गरेकोले गर्दा गाउँलेहरूले सडकको मरमति गरिदिने माग गरेका छन्। यस सम्बन्धमा बिन्नागढी इलाकाका उप प्रधान तुषार कान्ति दत्तले भने, सिलगढी-जलपाईगढी विकास प्राधिकरणलाई उक्त सडकबारे जानकारी गराइसकेको छ। चाँडै नै सडक मरमति कार्यको टेन्डर पास गरिने तिनले आशा व्यक्त गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *