आरूबोटे पैह्रो क्षेत्रका पीडितहरू चाँडै पुनर्वास व्यवस्थाको प्रतीक्षामा

बिजनबारी : विभत्स पैह्रोको चपेटामा परेको आरूबोटे सेक्रेट हार्ट स्कूल परिसरको पैह्रो पिडितहरू न्यायको प्रतिक्षामा छन्। दार्जिलिङ लोकसभा सांसद राजु विष्टले तिनीहरूको समस्यालाई अनदेखा गरिरहेको गुनासो अघि आएको छ। प्राकृतिक प्रकोपले पैह्रो गएर यहाँको 26 वटा घर पूर्ण रूपले क्षतिग्रस्त बनेको छ भने 10 वटा घर यसको चपेटामा परेको छ। यी पीड़ित परिवारहरूलाई क्षतिपूर्ति दिलाउन दार्जिलिङका सांसद राजु विष्टले क्षेत्रको परिभ्रमण गरिदिनुपर्ने त्राण समितिले माग गरेको छ। भयवाह पैह्रोले विस्थापित पीड़ित परिवारहरूलाई सान्त्वना दिन हालसम्म सबै तहका नेतृत्वहरूले परिभ्रमण गरिसके तापनि दार्जिलिङका सांसद राजु विष्ट अनि विधायक निरज जिम्बाले उक्त क्षेत्रको भयवाह स्थितिलाई स्थलगत परिभ्रमण गरेर तिनीहरूको समस्या समाधानको लागि पहल गरिदिने आरूबोटे क्षेत्रवासीहरू आशावादी रहेका छन्। गत 22 सेप्टेम्बरको दिन पैह्रो आएपछि लोअर आरूबोटे सेक्रेट हार्ट स्कुल परिसरका मानिसहरूले हाल राहत शिविरमा आश्रय लिइरहेका छन्। यी त्राण शिविरमा आश्रय लिएका पीडितहरूलाई विभिन्न संघ-संगठन तथा राजनैतिक पक्षबाट आर्थिक लगायत अन्य सहयोगहरू पुर्‍याइरहेको छ।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibombahsegelcasibomjojobetjojobet girişjojobet