सिलगढी : आसिघर आउटपोस्टको व्यवस्थापन तथा सिलगढी तराई लायन्स क्लबको सहयोगितामा आसिघर आउटपोस्टमा आज ‘उत्सर्ग’ रक्तदान शिविरको आयोजना गरियो। उक्त शिविरमा पुलिस कर्मीहरू लगायत स्थानीय युवक-युवतीहरूले स्वेच्छाले रक्तदान गरे। उक्त शिविरमा 50 युनिट रगत संग्रह गर्ने लक्ष्य राखिएको छ भने शिविरमा संग्रह गरिएको रगत सिलगढी तराई लायन्स ब्लड ब्याङ्कमा पठाइनेछ।
